महराले आजपनि बयान नदिने फेरी म्याद थपिदै ,,

कार्तिक ३ ,काठमान्डौ – निवर्तमान कृष्ण बहादुर सभामुख महराले आजपनि अद्लातमा बयान नदिने भएका छन् ,।थपिएको म्यादमा पनि उनको अनुसन्धान र बयान नभएपछि महरालाई फेरी म्याद थप्न अदालत लगिने भएको छ ,।

सचिवालयकि एक कर्मचारी रोशनी शाहीले सभामुख महरामाथि जबर्जस्ति करणी गरेको आरोप लगाएकि छिन ।,जबरजस्तीकरणी आरोपमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

महरालाई अनुसन्धानको लागि भन्दै गत १९ गते प्रहरीले पक्राउ गरेको थियो ,बिचमा दशैँले गर्दा अदालत पेश हुन नसकेपछि उनको समय लम्बिएको थियो ।

lekbesi

जबरजस्ती करणी मुद्द्दा लागेपछि महरालाई २८ गते अदालात पेश गरिएको थियो ,उनको स्वास्थ्यले साथ नदिएपछि थप तिन दिन म्याद थपिएको थियो ,।

आज बयान हुने भनेपनि महराले बयान दिन नसकेपछि पुन :थप म्यादको लागि अदालत पेश गर्न लागेको प्रहरी उच्च श्रोतले जनाएको छ।