१० कक्षा पढ्दै गर्दा लागेको राजनीति बाटोले यति फड्को मार्यो, युवा नेत्री सरस्वती सिंह,रंग दर्पण ,

कार्तिक ३ , काठमान्डौ – देशमा परिवर्तन ल्याउन सिंगो नेपालीहरुको ठुलो योग्दान छ ,देशले मात्र नभई समाजले पनि परिवर्तन चाहेको छ ,।

तर परिवर्तन सम्भव छ सुरु आफैबाट गर्न पर्छ भन्ने एउटा वर्तमान नेपालको चिनारी हो ।देशमा कहिले पनि परिवर्तन नचाहने दमनकारी ,यथास्थितिवादीको विरुद्द लड्दा हजारौ नेपालिहरुले अकालमा ज्यान समेत गुमाउनु पर्यो ।

,हजारौ बेपत्ता ,अंगभंग छन् तर पनि देशमा पूर्ण रुपमा जनसरकार आएको छैन ,देशको लागि ठुलो सशक्त क्रान्तिमा हुमिदै आएकि एक महिला संग उनको युद्दकाल देखि अहिलेको जनजीबन र संघर्षको बारेमा रंग दर्पणले केहि अन्तर्वार्ता गरेको छ ।

तपाईले आफुलाई चिनाउदा कसरि चिनाउनुहुञ्च ,?एक महिला भएर पनि देश र जनताको लागि ससक्त ढंगले अगाडी बढ्नु भएको छ ,

,विद्यार्थी जिबनमा ठुलो लक्ष्य बोकेर अगाडी पढौ भन्नेबेलामनै यो सानो मनमा ठुलो सोच र परिवर्तनले मेरो दिमागमा डेरा जमायो ,२०५२ सालदेखिनै देशमा ठुलो क्रान्ति भएको रेडियोमा सुन्न पाईन्थ्यो ।

,नेपालका विभिन्न स्थानमा बम गोला बारुदको गन्ध आउनेबेलामा हामीलाई मनमा सान्ति त कसरि हुन्थ्यो र थोरै बिचारमा परिवर्तन ल्याउन सके पनि समाजलाई मात्र नभई सिंगो देशलाइनै परिवर्तन गर्न सकिन्छ भन्ने आम नेपालीको मनस्थिति र परिस्थिति हो भन्ने मेरो बुझाई हो ।

,तपाईको राजनीतिक लडाई र जिबन कसरि अगाडी बढेको छ ?

,२०६२ /२०६३ सालमा हाई स्कुल पढ्ने जिबन भएको थियो ।जतिखेर म १० कक्षमा अध्यनरत थिए ,त्यो बेलानैमा अखिल क्रान्तिकारीको विद्यार्थी संगठनको सचिव थिए ,।

२०६४/६५ सुर्खेतमा क्याम्पस सिक्षामा ११ /१२ अध्यन गर्न आए त्यो बेलापनि म ईकाई को सहसचिव हुने मौका पाए ,।तेसलगतै अखिल क्रान्तिकारी विद्यार्थीको जिल्ला सदस्य भएसंगै नेकपा पार्टी माओवादी केन्द्रको महिला संगठनको जिल्ला सदस्य पनि भए।

राजनीतिमा मेरो लगनसिलता र योगदानलाई मुल्यांकन गर्दै पार्टीले सुर्खेत नेकपा माओवादी केन्द्रको पार्टी सचिवालयको जिम्मेवारी दियो ।अखिल क्रान्तिकारीको विद्यार्थी केन्द्रिय सदस्य भए संगै सुर्खेत जिल्लाको सिम्ता गाँउपालिकाको कार्यकारी कोषाअध्यक्षको जिम्मेवारी समाल्ने मौका पाए ,।

अहिलेको सरकार सत्तारुढदल बनेर अगाडी बढेको छ ,साथै सरकारको पार्टी एकतामामा पनि मैले जिल्ला सदस्य काे जिम्मेवारी समालेको छु। ,देश र जनताको गुनासा सुन्ने र विकासमा अग्रसर भएर अगाडी बढेको छु ।म यसमा खुसि छु ,,मेरो जिम्मेवारी र कार्यप्रति हाम्रो सिंगो पार्टीपनि सकारात्मक छ ।

देशमा ठुला ठुला परिवर्तनमा महिलाहरुको ठुलो योगदान छ , सानै उमेरमा सोचमा परिवर्तन ल्याउन नसक्नु र घरयासी वातावारणका कारण धेरै महिलाहरुको जिबन बर्बादपनि भएको छ ,।म तेस्ता महिला हरुको जिबनमा पनि परिवर्तन र खुसि ल्याउने रुपले यो मेरो लडाई सधै अगाडी बढ्ने छ।

तपईलई सम्जिना पर्दा ,
मेरो नाम सरस्वति सिंह ,
सुर्खेत सिम्ता गाँउपालिका ४ साबिकको ६ बजेडिचौर ,

सिक्षा बि एड रनिङ्ग,

सुर्खेत जिल्ला नेकपा कमिटि सदस्य ,,