कालापानी लिपुलेखको भुमिबारे छलफल गर्न वालुवाटारमा सर्वदलिय बैठक जारि ,

कार्तिक २३ ,काठमान्डौ – नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।
साझाधारणाबाट छलफल गर्ने र नेपालको भारतले मिचेको भू भागमा कुटनीतिक तवरले मिलाउने भन्दै ओलीले बैठाक आवाहन गरेका छन् ।,बैठक हुनुभन्दा पहिले ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्।हालै भारतले आफ्नो स्र्वाजानिक गरेको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गरिरहेका छन्।

भारतले उक्त नक्सा नसच्याए विभिन्न आन्दोलन गर्ने पनि नेविसंघले जानकारी अग्रेको छ ,।हिजोमात्र भारतीय दुतावास अगाडीपनि नेविसंघले आन्दोलन गरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्लादहन गरेको थियो भने भारतीय नक्सासमेत जालाएको थियो ।
