suekhet
bheriad

प्रकाश सपुतको गयौ बिहे गरि पन्चेबाजा भिडियो सार्वजनिक ,

lekabesi

गायक तथा सर्जक मोडल प्रकास सपुतको अभिनयमा गयौ बिहे गरि बोलको पन्चेबाजा भिडियो बजारमा सर्वत्र चर्चामा रहेको
छ ।गित संगीतको बजारमा प्रकाश सपुतको नाम दर्शकले अरुभन्दा उच्चस्थानमा लिने गरेका छन् ।

,प्रकाश सपुतका गित बजारमा देश देखि विदेशसम्म दर्शकको मन मुटुमा बज्ने गरेका छन् ।सपूतले धेरै गित बजारमा सार्वजनिक गरेका छन् तर पनि उनको बोल माया र गलबन्दी गितले उनलाई थप ऐतिहासिक स्थानमा पुर्याउन सहयोग गर्यो ।

प्रकाश सपुतले अभिनय गरेको एक फरक सम्झना स्वरुप गयौ बिहे गरि बोलको गितले पनि अहिले बजारमा जताततै दर्शकको मन जितेको प्रतिक्रिया आउने गरेको छ ,।

यो गितमा भने प्रकासले स्वर दिएका छैनन् ,।यो गित नजिकै आउने गरेको बिहेको लगन मङ्सिर महिनालाई लक्षित गर्दै चर्चित कम्पनि हिम्सझौता डिजिटलले बजार व्यवस्थापन गरेको हो ।

गितमा ईस्वर सिंह र देबी घर्ति मगरको स्वर रहेको छ। ईस्वर सिंहको संगीतमा पितम्बर चापागाईको शब्द लेख्न छ। एकेन्द्र सारा शंकरको निर्देशन ,हरिस महरको छायांकनमा अमर शाक्यको सम्पादन छ ।गितमा प्रकाश सपुत र आरुशी मगरको अभिनय देख्न सकिन्छ।