surkhet

बङ्गलादेशी राष्ट्रपतिको पोखरामा डुङ्गा सलल ,,

surkhet

कार्तिक २८ ,पोखरा – बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पोखरा पुगेर फेवातालमा डुङ्गाको रमाईलो यात्रा गरेका छन् ।हमिद बिहान हेलिकोप्टरबाट विमानस्थल पुगेका थिए ।

पोखरा नेपालको सुन्दरनगर र पर्यटकीय स्थानमा गनिन्छ ।पोखराको दृश्यावलोकन गर्नपुगेका हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

Gorkha

तेस्तै पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाले दुई झाँकी देखाउने तयारी गरेको छ ।

Dailekh

राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रपति हमिद जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्दै आजनै काठमान्डौ फर्किने छन् ।

salyan