Gold

यस्तो बन्यो लोकदोहोरी प्रतिस्ठान केन्द्रिय समितिको भवन भोलि समुद्घाटन गरिने ,

Naumule Migrate

कार्तिक ३० ,काठमान्डौ – लामो समयदेखि निर्माण भईरहेको लोकदोहोरी प्रतिस्ठानको केन्द्रिय भवन भोलि समुद्घाटन गरिने भएको छ।

कलाकारको अथक प्रयास र दर्शक सुभ चिन्तकबाट असिमित सहयोगबाट निर्मित यो भवनलाई भोलि बिहान २०७६ मङ्सिर १ गते ८ बजे समुद्घाटन गरिने कार्यक्रम रहेको हुनाले सबैमा प्रसाद ग्रहणका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

,हामि सबैको रहर प्रतिस्ठानको घर, भन्ने मूल नारा बोकेर निर्माण भएको यो भवन समुद्घाटनमा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

,प्रतिस्ठान केन्द्रिय समितिको भवन टोखा नगरपालिका वडा न .७ तिलंगा टारमा निर्माण गरिएको छ ।

आदरणीय अध्यक्ष बद्रि पंगेनीको नेतृत्व अर्जुनदृष्टि दृढअठोट र कार्यसमितिका जुझारु सहकर्मी साथिहरुको खटाई र अग्रजको सल्लाहको उपलव्धि हो र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय घर निर्माण भएको हो ।

एकताको परिणाम,लोक सङ्गितको ताकतमा विभिन्न देश विदेशबाट भवन निर्माणको लागि सहयोग प्राप्त भई लोकदोहोरी प्रतिस्ठान केन्द्रिय समिति भवन निर्माण गरिएको छ।

 

Naumule Badhipahiro