suekhet
bheriad

चलचित्र ,चौका दाउमा, तक्मे बुढा मुख्य भूमिकामा ,,,

lekabesi

रंग दर्पण २ चैत – काठमाण्डौमा पत्रकार सम्मेलनम गरि चलचित्र’ चौका दाउ’ को घोसना गरियको छ । पुणेन्द्रु झाले निर्देशन गर्न लागेको चलचित्रमा संगीतकार शम्भुजित बास्कोटाको कथा तथा संगीत रहेको छ । चलचित्रलाई भने शम्भुजितका छोरा सौर्यजीब बास्कोटाले निर्माण गर्दैछन् ।

चलचित्रमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा र तैयब शाहको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य नायक-नायिकाको भने छनोट नभैसकेको निर्माणपक्षले बताएको छ । कलाकार सन्तोष पन्तले चलचित्रको कथा पावरफूल र रमाइलो रहेकाले आफूले काम गर्न लागेको बताएका थिए ।

कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शम्भुजित बास्कोटाको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको एक्सन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य रहनेछ । मनोजराज भण्डारीको पनि चलचित्रमा लगानी रहनेछ ।