suekhet
bheriad

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलको सरुवा,

lekabesi

पुष २ ,काठमान्डौ – प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ ।

उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको हो तेस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका पोखरेल डीआईजी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए ।

प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।
यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा रहनेछन ।