बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कार्यालयमा हड्ताल नगर्न सर्वोच्चको आदेश ,
पुस १० ,काठमान्डौ – बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नु नगराउनु तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नु नगराउनु ।
सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा सङ्लग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ ।
उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाको तर्फबाट नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।