कांग्रेस १४ औं महाधिवेशन फागुन ७ मा ,
पुस ११ ,काठमान्डौ – नेपालि कांग्रेसको १४ औ महाधिवेशन अर्को वर्ष २०७७ फागुन ७ देखि १० गते हुने जानकारी गरेको छ ,।
आज शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।
पार्टीको माधिवेशन २०७७ फागुन ७ देखि १० गते सम्म हुने केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको हो ।
,कांग्रेस बरिस्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
पाैडेल पक्षले भने संस्थापनले बहुमतबाट गरेकाे निर्णयबारे शनिबार समूहकाे बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएकाे छ।
१३ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ।
पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने समेत उल्लेख छ।
महालक्ष्मी उपाध्यायका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्याउने निर्णय गरेको छ। विभागले अझै थप्ने समेत बताएको छ ।तेस्तै बैठकले तरुण दलको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ।
नेता पाैडेल पक्षले महाधिवेशनकाे कार्यतािलका ल्याउन माग गर्दै मंसिर २६ गतेबाट सुरु भएकाे बैठक बहिष्कार गर्दै आएकाे थियाे।
महाधिवेशनकाे मिति ताेक्ने एजेण्डा भएपनि पाैडेल पक्ष शुक्रबारकाे बैठकमा सहभागी भएन।
पौडेल पक्षका केन्द्रिय सदस्य हिर्दयराम थानीले भोलि बैठक बसेर मात्र संस्थापनले बहुमतले गरेको निर्णयको सन्दर्भमा जावाफ दिने बताए।