दीपक मनाङेलाई उजुरु गर्ने एन्फा अध्यक्ष गुरुङ पनि पक्राउ,

माघ १० ,पोखरा – गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । एसअघि मिलनले दिपक मनाङेले आफु माथि हातपात गरेको भन्दै उजुरी दिएका थिए ।उजुरी पछि मनाङेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

lekbesi

पोखरामा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।

मनाङेले एनफा अध्यक्ष मिलनले धेरै मात्रामा भ्रस्टाचार गरेको र यस्तालाई फूलमाला लगाउने नभई झापड हान्नपर्ने बताएका थिए।

,मनाङे पक्राउ परेलगतै मिलनलाई पनि धाक धम्कि कसुरमा पक्राउ परेका छन् ।