Gold

मन्त्री गोकर्ण विष्टको स्वकीय भन्दै मेनपावर व्यवसायीबाट पैसा माग्न सुरु ,,

Naumule Migrate

चैत्र ११ , – तत्कालिन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको आफु स्वकीय सचिव हुँ भन्दै उहाँकै जिल्लाका एक जनाले व्यवसायीसंग पैसा उठाउन सुरु गरेको जानकारी हुन आयको छ उनले म मन्त्रि विष्टको स्वकीय हु भन्दै पैसा मागेको एक व्यवसायीले बताए । कुरा सत्य तथ्य जानकारी आउन बाँकी नै छ ,

मन्त्री विष्टले स्वास्थ्य व्यवसायमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् । विष्ट मन्त्री भएको केहि दिनमा नै गुल्मीका एमाले कार्यकर्ता तथा इवोन मेडिकल सेन्टर प्रालीका संचालक खिमराज अधिकारीले आफु मन्त्रीको वैदेशिक क्षेत्र मामिला हेर्ने स्वकिय सचिव भएको भन्दै स्वास्थ्य क्षेत्रका व्यवसायीसंग सिडिन्डीकेट तोड्नलाई पैसा चाहियो भन्दै फोन गर्न थालेको व्यवसायीले बताए ।

अधिकारीले सके सिन्डिकेट तोड्ने नकसके ८–१० वटा नयाँ मेडिकललाई अनुमति दिलाउने भन्दै पैसा मागेको व्यवसायीको आरोप छ । अहिले सम्म स्वास्थ्य व्यवसायको मेडिकलमा सिन्डिकेट रहेको छ । अधिकारीले अहिले मेडिकलको सिन्डिकेट तोड्ने नसके थपलाई त्यहि समुहमा अनुमति दिने भन्दै बजारमा फोन आतंक मच्चाएको व्यवसायी बताउछन् ।

यो विषयमा खिमराज अधिकारीलाइ बुझ्दा भने ‘आफु मन्त्रीको स्वकीय सचिव होइन , गाउँपालिकाको मान्छे हुँ ।तर म सिन्डिकेटको विरोधी हुँ , म पनि यहि क्षेत्रको व्यवसायी हुँ  मेरो इवोन मेडिकल प्रा,ली छ उनले भने ।

Naumule Badhipahiro