surkhet

बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा ५ लाख भन्दा बडी एकैसाथ जुलुस ,,

surkhet

११ चैत, अमेरिका – केहि वर्ष देखि अमेरिकामा आतंक फैलिय पछि हरेक सरकारी कार्लायमा बन्दुक बोकेर जाने नियम राखियको थियो साथै यस्तो नियम स्कुलमा पनि सुरु गरियको थियो । तर तेती गर्दा पनि अमेरिकामा आतंक जारि नै छ अमेरिकाको फ्लोरिडामा १७ जना स्कुले विद्यार्थीहरुलाई एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाएर मारेपछि अमेरिकामा बन्दुक नियन्त्रणको माग चर्को रुपमा उठेको छ । गत वर्ष लासभेगासमा पनि बन्दुकधारीको आक्रमणबाट ५८ जनाले ज्यान गुमाएका थिए । अमेरिकामा सन् २०१६ मा ११ हजार जनाले बन्दुक आक्रमणबाट ज्यान गुमाएको तथ्यांक छ ।

Gorkha

यसै लगतै मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदसन अमेरिकाको बिभिन्न्न करिब आठसय भन्दा बडी स्थानमा भयको बिबिसीले जानकारी दियको छ।

Dailekh

प्रदर्शनको अगुवाइ विद्यार्थीहरुले गरेका छन् ,प्रदर्शनमा उनीहरुलाई समाजका अन्य क्षेत्रका व्यक्तिहरुले पनि साथ दिएका छन् । प्रदर्शनमा सहभागीहरुले लेखेका छन् ‘प्रोटेक्ट किड्स नट गन’ अर्थात् ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाउदै प्रदर्शन जारि छ ।
एडिनबर्ग, लण्डन, जेनेभा, सिड्नी र टोकियोमा समेत यस्तै प्रदर्शन गरिएको छ । प्रदर्शनमा धेरैजसो युवायुवती र बालबालिका सहभागी थिए । यस प्रदर्शनमार्फत् बन्दुक नियन्त्रणसम्बन्धी कानून बनाउन नेताहरूलाई दबाव पुग्ने अपेक्षा गरिएको छ ।

salyan