गृह मन्त्रालय काम नपाएर छाउगोठ भत्काउन तिर लाग्यो बाटो बाटोमा नुन चामलमा भ्रस्टचार छ यो कुनै तरिका हो ,

माघ १७ ,काठमान्डौसांसद गजेन्द्रबहादुर महतले भने गृहमन्त्रालयको अभियान के त्यो छाउ गोठ भत्काउने काम हो ।

,शुक्रबारको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा सांसद महतले बोल्दै भने हाम्रो गाँउ घरको उखान काम नपाएपछि बुहारी कुकुरको पुछ कन्यौँ भन्छन।

आज गृहमन्त्रालयले तेही गर्दै छ ,उनले अगाडी भने छाउगोठमा एक जनाको मृतु भयो भन्दैमा घर भत्काउन मिल्छ ,।

छाउगोठको नाममा हाम्रा घर भत्काईएका छन् ,८ जनाको होटेलमा मृतु भएको छ अनि होटेल भत्काउदै हिड्ने ,हजारौ मान्छे बस दुर्घटना हुँदा मर्छन बस जलाउदै हिड्ने यो कुनै तरिका हो ।

चाहिँदो काम गर्नु पर्यो नि ,पुल र बाटोको बेहाल छ ,ठेकेदार काँह छ समात्नु छैन ,‘जिल्लामा जाने नुन र चामलमा हुने भ्रष्टचार भएको छ ।

विद्यालय र अस्पतालको अवस्था के छ भनेर हेर्नु पर्दैन ? हिजो गोरखाली सेनाका नाममा हाम्रा घर भत्काइयो । आज छाउ गोठका नाममा हाम्रा घर भत्काउने ? के हेरर बसेको छ गृह मन्त्रालय ?