महरालाई भेट्न बाबुराम भट्टराई डिल्लीबजार कारागारमा पुगे ,
माघ २० ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई डिल्लीबजार कारागार पुगेका छन् ।
महरा जबरजस्ती करणी कसुरमा कारागार चलान भएका छन् ।सोमबार दिँउसो कारागार पुगेर भट्टराईले महारासंगा करिब एक घण्टासम्म वार्तालाभ गरेका छन् ।
कारागार चलान भएयता महरालाई भेट्ने भट्टराई पहिलो उच्च तहको राजनीतिज्ञ भएक छन् । नेकपा भित्रका कुनैपनि ठुला राजनीतिज्ञहरु महरालाई भेट्न कारागार पुगेका छैनन् ।
आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीले महरामाथि जबरजस्ती करणीको आरोप लगाएपछि गत कार्तिक १८ गते पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।
उक्त आदेश विरुद्द महरा उच्च अदालत पनि पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गर्दै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन आदेश दिएको छ।
१९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका महराको सभामुखपद धरापमा पर्यो भने उनको सांसद पद यथास्थितिमा रहेको छ।