प्रियंका कार्कीको फोटोमा बार्सिलोनाले लेख्यो,वी लभ नेपाल,

माघ २० ,काठमान्डौ – स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली नायिका प्रियंका कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’ लेखेको छ ।

विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको छ ।

‘वि लभ नेपाल’ भन्दै उसले प्रियंकाको फोटो र भिडियो पोष्ट गरेको हो । यद्यपि, यो पोष्ट सिमित देशहरुमा मात्रै हेर्न सकिने बनाइएको छ ।

lekbesi

प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।

सबै नेपालीको यहाँ आउने चाहना भएको भए पनि आउन पाएका छैनन् त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु,” प्रियंकाले भनेकी थिइन् ।

हालै थाइल्यान्डमा ब्याचलर पार्टी मनाएर फर्केकी नायिका प्रियंका कार्की अहिले फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् ।

उनको साथमा उनका प्रेमी आयुष्मान आयूष्मान देशराज जोशी पनि छन् ।साथै यो जोडीले आउँदो फागुनमा विहे गर्नेपनि जानकारी गरेको छ ।