प्रधानमन्त्री पनि एमसिसिको परिमार्जन पक्षमा हुनुहुन्छ प्रचण्ड ,
फागुन १० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली पनि एमसिसिको संसोधन पक्षमा रहेको नेकपा अध्यक्ष प्रचण्डले बताएका हुन् ।
नेकपाको गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार नवलपुर पुगेका प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलि पनि एमसिसि परिमार्जनमा सहमति भएको बताएका हुन् ।
यो भन्दा अगाडी प्रधानमन्त्री ओलीले संसदमा नै अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) रास्ट्रीय गौरवको आयोजनामा पारित गर्ने भन्दै बोलेका थिए ।
एमसिसिको विषयलाई लिएर नेकपा भित्रपनि चर्को विवाद भएको थियो ।चर्को विवाद पछि एमसिसि कार्यदल गठन गरि अध्ययन गर्न भनिएको थियो ।
प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ । त्यो संगै प्रधानमन्त्री ओलिपनि एमसिसिलाई परिमार्जनमा सहमत रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
तेस्तै बिहिबार वालुवाटारमा बसेको अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन गर्न नमिल्ने यो बाइबल त होइन होलानी भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएको अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बताएका हुन् ।