बास्कोटाको अडियो प्रकरण प्रधानमन्त्री तिर तेर्सियो ,

फागुन १० ,काठमान्डौ – सुचना तथा सञ्चार मन्त्रि गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्री ओलीमाथि प्रश्न तेर्सियाको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।

तर विपक्षिदल नेपालि कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले बास्कोटाको कमिसन डिल प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजिनामा दिनुपर्ने बताएका हुन् ।

सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने कोईरालाले बताएका हुन् ।

शनिबार नेपालगञ्जमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै कोईरालाले भने सुशासनक कुरा गरेर कहिले नथाक्ने प्रधानमन्त्री ओलीले आफैले बनाएका मन्त्रीको कमिसन अडियो प्रकरण बाहिर आएपछि नैतिकता देखाउनु पर्ने हो ।सरकारमा सुसान भन्ने कुरा पत्टकै देखिदैन ।

जताततै भरस्टचार मात्र छ ।,सरकार अधिनायकवाद तिर बढेको छ। अनुसन्धानको नाममा सरकारले हस्तक्षेप गरेको समेत उनले आरोप लगाए ।

हरेक घटनामा सरकार र अख्तियारको मिलेमतो छ । नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको छ यो दुवै कुरा नेपालि कांग्रेसलाई मान्य नभएको समेत उनले बताए ।