बास्कोटा प्रकरण निस्पक्ष छानबिन हुनुपर्छ कमल थापा ,

फागुन १० ,काठमान्डौ – निवर्तमान सञ्चारमन्त्रि गोकुल बास्कोटाको अडियो प्रकरण निस्पक्ष छानबिन हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन्।

अहिले देशको सबैभन्दा मुख्य चुनौती भ्रस्टाचार भएको छ र वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको थापाले आरोप लगाए।

लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ ।अहिलेको राजनीतिक अभ्यास केवल ब्याक्ति र दलाल मात्र हैन व्यवस्थापकीयनै भ्रष्टीकरण हुँदै गएको थापाले बताए।

अनियमितता र लुट कायम गर्न कुनै कानुन बाधक भएमा बहुमतको आडमा कानुन नै परिर्वत गरिदिने,।

अनु्सन्धन, कारवाही गर्ने र न्याय दिने निकायमा पार्टीको प्रभावमा रहेका व्यक्तिलाई नियुक्ति दिने, ठेक्कापट्टा र सार्वजनिक खरिद विषयलाई नीतिगत विषयको आवरण बनाउने र भ्रष्टचारबाट उन्मुक्ति गराउन मन्त्री परिषद्बाट निर्णय गराउने, जस्ता कार्यले वर्तमान संरचनालाई भ्रष्टीकरण गर्दै गएको थापाले आरोप बताए।

थापाले एमसिसि नेपालको हितमा हुँदा पनि सत्तारुढ दल भित्रने विवाद ल्याएको उनको भनाई छ ।