गोकुल बाँस्कोटा अख्तियार र सीआईबीको फन्दामा पर्दै ,
फागुन १० ,काठमान्डौ – गोकुल बाँस्कोटाको ७० करोड कमिसन अडियो प्रकरणमा अख्तियार र सीआईबीले छानबिन गर्ने भएको छ ।
निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो बाहिरिएपछि उनले राजिनामा दिएका छन् ।
उक्त प्रकरणमा छानबिन गर्ने भन्दै शनिबार अपरान्ह नेकपा सचिवालयको बैठक बसेको थियो ।
बैठकले छानबिन गर्न अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
तेस्तै एमसिसि प्रकरणमापनि अर्को बैठकमा छानबिन गरिने उनले बताए ।एमसिसि अध्ययन कार्यदलले प्रतिवेदन दोय अध्यक्षलाई हिजोमात्र बुझाएको थियो ।
प्रतिवेदन पछि परिमार्जन पछि मात्र एमसिसि पारित गरिने पनि नेकपाका अध्यक्ष प्रचण्डले बताएका थिए । तेस्तै यो विषयमा प्रधानमन्त्री ओली पनि सहमत रहेको उनले बताए ।