प्रथम प्रतापपुर गाँउपालिका स्तरिय अन्तर आधारभूत तह खेलकुद प्रतियोगिता शुरु,

फागुन ११ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.- ४ ठूलोखैरटवामा शनिबार देखि प्रथम प्रतापपुर गाउपालिका स्तरिय अन्तर आधारभूत तह खेलकुद प्रतियोगिता शुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद” भन्ने नाराको जनजागृति आधारभूत बिद्यालय ठूलो खैरटवाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलसिगार यादवको सभातित्व र प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम विधिवत उदघाटन गरिएको छ ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि शर्माले खेलकुदलाई सभ्य र भब्य बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

खेलकुदले शारिरीक स्वस्थ्य तथा आर्थिक बिकासमा समेत सहयोग गर्ने बाटो रहेकोले सबैलाई अनुसाशनमा बसि खेलकुदमा सहभागी हुन सबैमा आग्रह गर्नु भयो ।

खेलकुदमा लङजम्प,हाईजम्प,शटपुट,जेबलिन,रिले दौड ,ब्याडमिन्टन ,१०० मिटर दौड २०० मिटर दौड ४०० मिडर दौड ८०० मिटर दौड र १५०० मिटर दौड लगायतका खेलहरुहुने आयोजकले जनाएको छ । कार्यक्रम १३ गते सम्म सन्चालन हुने खेलकूद समितिले जनाएको छ ।

कार्यक्रममा विद्यालय प्राधनाध्यापक मनोज मिश्राले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।

कार्यक्रम वडा नं.-४ का वडा अध्यक्ष जन्त्रि बरई वडा नं.-२ का वडा अध्यक्ष ईश्वरि चौधरी, वडा नं.-८ का वडा अध्यक्ष कादिर अलि ,शिक्षा समन्वय इकाई नवलपरासी का शाखा अधिकृत दिनेश कुमार गौड, प्रतापपुर गाउपालिका का शिक्षा सयोजक दधिराम शर्मा दुधनाथ गुप्ता, प्रदिप सिंह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम लाई संचालन नन्दु यादवले सन्चालन गर्नु भएको थियो ।

खेलकूदमा गाउपालिका का सामुदायिक र संस्थागत गरि कुल ४४ बिद्यालय सहभागी रहेको बिद्यालयले जनाएको छ ।

अंगद यादव/नवलपरासी पश्चिम,