टर्कि र ग्रीस पठाउछु भन्दै ठगि गर्ने व्यक्ति पक्राउ ,
फागुन ११ ,काठमान्डौ – वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलवमा पठाउने भन्दै रकम ठग्ने ब्याक्ति पक्राउ परेका छन् ।
मोरङ रतुवामाई नगरपालिका वडा न ।६ बुधबारे वर्ष ५२ का कमल प्रसाद पोख्रेललाई महाशाखाबाट खटिएको प्रहरी टोलीले गत ८ गते काठमान्डौ टेकुबाट पक्राउ गरेको हो ।
पोख्रेलले ३२ जनाबाट ३९,५६,००० हजार लगेर फरार रहेको अवस्थामा राम पराजुलिले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
हाल काठमान्डौ चुच्चे पार्टी बस्दै आईरहेका पोख्रेललाई वैदेशिक रोजगार विभाग वुद्दनगर काठमाण्डौमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको शाखाको टोलीले जानकारी गरेको हो ।