अर्थमन्त्री खतिवडाद्वारा सञ्‍चारमन्‍त्रीको पदभार ग्रहण,

फागुन ११ ,काठमान्डौ – अर्थमन्त्री युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका छन् ।

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्‍चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्‍त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो।