suekhet
bheriad

सत्रु गते एकैहलमा दिनमा १६ पटक शो हाउसफुल, प्रधानसेनापति पुगे सिनेमा हेर्न ,,

lekabesi

चैत १९ – चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गर्न सफल भयको छ । चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु हाल हलमा पुगेका छन् । केहि दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवारसहित चलचित्र हेरेका थिए । अहिले पनि प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रिले आफ्नो सहपरिवार सहित चलचित्र सत्रु गते हेरेका छन् उनले, काठमाण्डौको क्यूज हलमा परिवारसहित चलचित्र हेरेका हुन् , विशेष शोमा नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी , नेतृ तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले पनि परिवार सहित चलचित्र हेरेका छन् ।

चलचित्र सत्रु गते लाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय छ ।चलचित्र हेरेपछि प्रधानसेनापति क्षेत्रीले मनोरञ्जनले भरिएको भन्दै खुलेर प्रशंसा गरे , यसैविच, यो चलचित्रले काठमाण्डौको गुण सिनेमा हलमा दोश्रो सातामा नयाँ रेकर्ड राखेको छ । शनिवार गुणमा बिहानी शोमा ३ हल , १२ बजेको शोमा ४ हल , ३ बजेको शोमा ५ हल र बेलुकीको शोमा ३ हल हाउसफुल भएको थियो । शनिवार मात्र गुणमा १५ शो हाउसफुल भएको थियो ।