पार्टी एकता हुन्छ हल्लाको पछि नलाग्नुस प्रधानमन्त्री ओली ,,
१९ चैत काठमाडौं -प्रधानमन्त्री ले हल्काको पछि नलाग्न आग्रह गरेका छन् , प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीबीच उपयुक्त समयमा एकता हुने बताएका छन् । आफु भारत भ्रमण जानु भन्दा अगाडी वा पछाडी पार्टी एकता हुन्छ कसैको हल्लाको पछि न लाग्न न ,सुन्न जानकारी गर्दै पार्टी एकता हुने जानकारी दियका छन् ।
प्रत्येक वर्ष प्रदान गरिने वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय ।पत्रकारिता पुरस्कार प्रदान गर्दै एमाले अध्यक्ष ओलीले अध्यक्ष प्रचण्ड संग हाम्रो सबै कुरा भयको छ अब छिटै निर्णय पारित हुने पनि जानकारी गरे
एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनौट समितिले कोइरालालाई छानेको थियो ।विगत पाँच दशकदेखि लेखन तथा सम्पादनमा संलगन कोइराला दृष्टि, जनआस्था, साँघु, अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुन् , पुरस्कारको राशी ५० हजार थियो ।