पोखराको क्रिकेट रंगशाला बनाउने जिम्मा पनि सरकारले धुर्मुस सुन्तली फाउन्डेसन लाई दियो ,,
२३ चैत, काठमाडौं – सरकारले मुलपानी क्रिकेट रंगशाला मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा को लागि काम अगाडी बढाउन प्रस्ताव गरेको छ । केहिदिन अगाडी चितवनमा १० बिगा जग्गा मेयर रेणु दाहालले उपलब्ध गराउने घोसना गरे पछि धुर्मुस सुन्तली फाउन्डेसन सहिको टोलि ईञ्जिनियरिङ्ग सहित कलाकार टोलि चितवन तिर प्रस्थान गरेको थियो।तेहा बाट फिर्ता भयर फेरी पोखराको लागि क्रिकेट रंगशाला बनाउनको लागि जग्गा हेर्न धुर्मुस को टीमलाई सरकारले पोखरा जाने जिम्मा सुम्पेको छ ।
चितवनमा पुगेर जग्गा हेरी सके पछि उपयुक्त भयको भन्दै क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रजोजल पनि बुझाएका छन् । तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले भने, ‘जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेका छन् । छिट्टै समाधान गरेर काम थाल्छौं र २ वर्षभित्र निर्माण कार्य सक्छौं ।
मुलपानीमा ४७ आना जग्गाको मुआब्जा विवाद छ । स्थानीयबासीले सरकारले दिएको मुआब्जामा चित्त नबुझाएपछि रंगशाला क्षेत्रकै छेउमा सट्टा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने सचिव महेशप्रसाद दहालले जानकारी दिए ।मुआब्जा विवाद समाधान भए लगतै चालु आर्थिक वर्षमा विजियोजन भएको १० करोडले काम थाल्ने र अर्को वर्ष प्याराफिट निर्माण सक्ने योजना छ । २ वर्षमा सबै काम सकेर रंगशाला तयार बनाउने सचिव दाहालले बताय ।
धुर्मुसलाई पोखरा जान प्रस्ताव ,,
सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तराष्ट्रिय विमानस्थल भएको ठाउँमा बनाउँदा राम्रो हुन्छ’ सचिव दहालले भने, ‘हामीले पोखरामा जान प्रस्ताव गरेका छौं ।नभए काठमाडौंमा नै अर्को कुनै ठाउँमा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।
‘