suekhet
bheriad

सलमान खान धरौटीमा रिहा, जेठ १२ गते नेपाल आउने ,,

lekabesi

६ चैत, काठमाडौं – गत फाल्गुन महिनाको २६ गते सलमान नेपाल कार्यकर्म को लागि आउने भनियको थियो, तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै कार्यकर्म स्थगित गरिएको थियो ।
अब भने अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ ।कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

 

सलमान खानसहितको टोली नेपाल आउने जानकारीसहितको पत्र ,,