suekhet
bheriad

गठबन्धन को सरकार भयको भन्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष बाट राजीनामा ,,

lekabesi

२५, चैत, चितवन – भरतपुर चितवन अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आइतबार राजीनामा दिएका छन् ।अस्पतालको ५५ औं वाषिर्कोत्सव समापन समारोहमा बोल्दै भण्डारीले पदबाट राजीनामा दिएको हुन् ।उनी तत्कालित स्वास्थ्यमन्त्री नेपालि कांग्रेसका नेता गगन थापा हुँदा नियुक्त भएका थिए । अहिले सत्तामा एमाले माओवादीको गठवन्धन रहेको र स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेकोले भण्डारीले राजीनामा दिएका हुन् ।

उनी गत वर्षको पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त भएका थिए ।कांग्रेसको राजनीतिक पृष्ठभूमि भन्दा तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको निकट भएकोले राजभण्डारीले अध्यक्षको महत्वपूर्ण जिम्मेवारी पाएका थिए ।पार्टीसँग सरसल्लाह नगरी भण्डारीले स्वास्थ्यमन्त्रीसँगको निकटताका आधारमा नियुक्ति पाएको भन्दै कांग्रेसभित्र नै आलोचना भएको थियो ।