उपभोक्तावादले घेरिएको दलाल नेतृत्व,
किशोर सुवेदी

वैशाख १२ ,काठमान्डौ – विगत लाई समिक्षा गर्दै भविस्य लाई दुरदर्शि आँखाले हेर्न सक्ने नेतृत्व नै वास्तविक रूपमा असल र सफल नेता हो।
संकीर्णता को भाव बाट प्रस्तुत हुने आडम्बर नेता त्यो वास्तविक नेता नभई त्यो गद्दार हो।इतिहासका विभिन्न कालखण्ड लाई राम्रो संग अध्यन गर्दा खुला हृदय र महान विचार भएका जनता का असली पहरेदार अथवा कुशल नेता पाउन मुस्किल पर्छ।
देश र जनताको सेवा भावमा समर्पित नभई ब्यक्तिगत लाभ ,पारिवारिक हित ,गुटगत मानसिकता आदि बाट ग्रसित छ पिछडिएको तुच्छ सोच र बिचार भएको गद्दार नेतृत्व ।

अहिले को परिवेश भनेको दलाली र गद्दारी गरि अकुत सम्पत्ति थुपार्ने अनि आफ्ना आसेपासे लाई चुरोट ,सुर्ती ,दारुपानी आदिको ब्यवस्था गरि कुशल र असल नेतृत्व लाई जसरी पनि घोक्क्राउने ,बदनाम गराउने सबैलाई आफ्नै मुठ्ठीभर चलाउन खोज्नेहरु को हो।
संकिण सोचाइ समाज विकासको घातक तत्व हो तर अहिले हरेक ठाउमा यस्तै संकिणतावादिहरुको हालिमुहाली छ।असल नेता तथा कार्यकर्ताहरु टुलुटुलु हेरेर बस्न बिवस छन ,किनकी कार्य गर्ने हरेक ठाउमा नकारात्मक सोचाइ र मानसिकता भएका दलालहरु हावी भएका छन् ।
अझ उल्टै कुशल र इमानदार नेतृत्व को गला रेटन हुँदै नभएको कपोकल्पित गलत र भ्रामक रिपोर्टिङ उच्च नेतृत्व लाई गरि स्यावासी पाउने र जस लिने निम्छरो ,घृणित र लज्जित कार्य तल्लो तहका गद्दार नेतृत्व बाट भैरहेको छ ।
यो अहिले विश्वब्यापी रूपमा फैलिरहेको महामारी को रुप लिएको (कोभीड१९)कोरोना भाइरस भन्दा भयंकर खतरा को रूपमा स्थापित हुनेछ जसले समाज र रास्ट्रलाई दशकौ पछाडि धकेल्नेछ।
अहिले हरेक ठाउमा नेतृत्व गर्ने नेतृत्वकर्ताहरु को सकारात्मक सोच र धारणा पाउन मुस्किल पर्छ।मेरो एकजना साथिको अनुभवले त्यो कुरा प्रष्ट पार्छ ।”
मेरो एउटा साथी स्थानीय सरकार वडापालिका को अध्यक्ष छ ।उसले मेरो अर्को साथिले आफ्नो गर्लफ्रेन्ड को आईडि बाट च्याट गर्दा थुप्रै कुरा गरेको तर आफ्नो बाट कुरा गर्न खोज्दा पनि गरेन”भन्ने कुरा व्यक्त गर्नुभयो।
यसले कस्तो संकेत गर्छ सकारात्मक या नकारात्मक प्रष्ट पार्दछ।स्वयं मेरो ब्यक्तिगत अनुभव पनि छ कुनै जिल्लाको उच्च नेतृत्वमा भएको ब्यक्ती महिला वा केटिसाथी संग मज्जाले कुरा गर्छ।
तर त्यहीँ नेता हो मैले गरेको अभिवादन पनि फिर्ता गर्दैन।फोनमा कुराकानी गर्न खोज्दा किन के काम छ र भन्ने धम्कीपुर्ण तवरले प्रस्तुत हुन्छ।
त्यहीँ नेता लाई महिला वा केटी मार्फत फोनमा कुराकानी गर्न लगाइयो भने मस्किमस्की थुप्रै कुरा गर्न भ्याउछ।
अहिले विश्वमा नै एकले अर्कालाई पछाडी पारेर आफू जसरी पनि अगाडि आउने जुन किसिमको संकीर्ण मानसिकता छ
,त्यसले केही हदसम्म त अगाडी लैजाला तर पछि स्वयंम त्यही ब्यक्तिको लागि घातक साबित हुनेछ। ब्यक्ति ब्यक्ति मिलेर परिवार ,परिवार मिलेर समाज,समाज समाज मिलेर नै सिङ्गो रास्ट्रको निर्माण भएको ।
यदि नेतृत्व पंक्तिमा रहेको एउटा ब्यक्तिमा नकारात्मक भाइरसले आक्रमण गर्यो भने त्यसले सम्पुर्ण रास्ट्रको उन्नती र प्रगतिमा क्षति पुर्याउने निश्चित छ।
आज विश्वमा सबै देशहरु उन्नति र प्रगतिको शिखर स्पर्श गर्न वेगवान रूपमा दौडिरहेको बेला हाम्रो देश भौतिक विकासमा पछाडि पर्नुको मुख्य कारण पनि भाइरस बाट आक्रान्त भएको ब्यक्ति नेतृत्वमा हावी हुनु हो।
जब नेतृत्वमा रहेको ब्यक्तिले नै नकारात्मक सपना देख्न थाल्छ, भने उसले कस्तो किसिमको समृद्धि को योजना निर्माण गर्न सक्ला?हामी सजिलै कल्पना गर्न सक्छौ ,खराब सपना देख्नेहरु विकास र समृद्धिका भाइरस हुन।

सदियौ देखि हाम्रो देश नेपाल यस्तै भाइरस बाट ग्रसित नेतृत्वको हालीमुहाली र रजाइँमा प्रताडित छ।
आज कोरोना ले विश्व लाई नै थिलोथिलो पारिरहेको बेला ,अकुत सम्पत्ति थुपार्न का लाई केही दलाल र गद्दार हरु सलवलाइरहेको हामिहरुले देखिरहेका छौँ ।
पुजिवाद को चरम उत्कर्स मा पुगेको देश होस् या त निम्न पुजिवाद मा रुमलिराखेको देश किन नहोस् सबै देशमा भ्रष्टहरुको गिरोह सक्रिय छ अकुत सम्पत्ति कमाउनको लागि।
हाम्रो देशमा पनि केही भ्रष्ट नेतृत्व पटकपटक सतहमा छताछुल्ल भएर प्रस्तुत भएको हामी ले प्रत्यक्ष देखेका छौ।
त्यसको बचाउको निमित्त तलदेखी माथिसम्म का त्यो गुट वा जालोमा जोडिएका मान्छेहरु त्यसको ढाकछोप गर्नको लागि बेस्सरी सामाजिक संजालहरुमा कुर्लिएको हामीजस्ता सचेत नागरिकहरुले नाङ्गो आँखाले देखिरहेका र कानले सुनिरहेका छौ।
हरेक तहमा रहेका जिम्मेवार नेतृत्व तहबाट गर्नै नहुने भ्रष्ट र घृणित हुने कार्यहरु बारम्बार भइरहेका छन।जसको प्रत्यक्ष नकारात्मक असर आम नागरिकहरुमा परिरहेको छ।
देश दुब्लाउने र सिमित दलाल र भ्रष्टहरु मोटाउने खेल हाम्रो देशमा भइरहेको छ।विचारमा अब्बल र निष्ठावान नेतृत्वलाई देख्नै नचाहने र नाम पनि सुन्नै नचाहने गद्दार नेतृत्व हरेक तह र तप्कामा हावी भइराखेको छ।
इमानदार नेतृत्व को पछि रहेकालाई पनि नकारात्मक संकाको घेरामा राख्ने र हरेक ठाउको नेतृत्व बाट बन्चित गराउने र आफ्नै आसेपासे र चाकडिवाला लाई नियुक्ति गर्ने ठेकदारी प्रवृत्ति हावी भएको छ अहिलेको गद्दार नेतृत्वमा।
विभिन्न प्रलोभन देखाएर ,फकाएर नसके धम्क्याएर जसरी पनि जनता तथा कार्यकर्तालाई आफ्नै मुट्ठीभित्र राख्न माहिर हुन्छन् अहिलेको कुटिल नेतृत्व ।आफुले गरेको हरेक कार्य सकारात्मक या नकारात्मक दुबै को स्तुतिगान गाइदिउन भन्ने आशा राखेका हुन्छन् ।
नकारात्मक कार्यको आलोचना सुन्नै चाहान्नन।खराब कार्यको भन्डाफोर गर्यो कि त्यसलाई बक्र दृष्टिले हेर्ने जसले गलत कार्यको ढाकछोप गरिदियो उसको जयजयकार गर्ने आफ्नै ठान्ने अनि कमिसन आउने ठाउमा ठेक्कापट्टा दिने प्रवृत्ति छ गद्दारहरुमा।
अहिलेका कस्मेटिक प्रवृत्तिका नेता तथा कार्यकर्ताहरु सबभन्दा छिटो नेतृत्व नजिक पुग्छन् ,बढी बफादारी प्रदर्सन गर्छन् ,इमान को राजनीति गर्ने नेताकार्यकर्ता विरुद्ध माहोल बनाउछन।
उनिहरुमा चाकरी र ओठेभक्ती यति मिठो र नरम हुन्छ कि तिनले सजिलै नेतृत्वलाई प्रभावमा लिन्छन् ।नेतृत्वले जे – जस्तो निर्णय लिन्छन् ,त्यसमा असहमति जनाउदैनन उल्टो तिनको निर्णयको तारीफ गरेर नेतृत्वको बफादार बन्छन् ।
तिनीहरुले पार्टी सिद्धान्त खासै बुझ्दैनन र छुट्टै बिचार हुँदैन ।केवल उनिहरुमा स्वार्थमात्र हुन्छ।त्यसो हुँदा नेताहरुको विचारमा होमा हो मिलाएर नेतृत्व लाई खुसी पार्न माहिर हुन्छन् ।
नेतृत्वमा रहेकाहरुबिच वैमनस्यता,मतमतान्तर ,झगडा चर्काउन तिनको महत्वपूर्ण भुमिका हुन्छ।तिनको प्रवेशपछि पुराना र इमानदारहरु टाडिदै जान्छन् ।यो हरेक पार्टीभित्र प्रवेश गरेको रोग हो।
त्यागी र सिद्धान्तनिष्ठहरु बाहिरिएपछी पार्टीलाई भ्रष्ट र बदनाम गराउन सजिलो बन्यो।नेपाली राजनीतिमा त्यस्ता पात्र असंख्य छन।हरेक पार्टीमा तिनिहरु जमेका छन।
अवसरवादीको चलखेलमा योग्य ,इमानदार ,सिद्धान्तनिष्ठहरु पार्टी र सरकारमा पछि पर्छन् ।अवसरवादीहरुको प्रमुख उद्देश्य नै पद र अवसर प्राप्ति गर्छु भन्ने हो तिनमा त्यस्तै गुण र चरीत्र हुन्छ।
उनिहरु पार्टीको आदर्श र सिद्धान्तप्रती बफादार हुदैनन् ।नेतृत्वको चाकरी र चाप्लुसी गर्छन् ।राजनीतिक पद प्राप्तिको मात्र निहित स्वार्थ बोकेका र त्यसको निम्ति जे पनि गर्न चाहने पात्रहरुले रंग फेर्ने प्रवृत्ति छताछुल्ल रूपमा देखिएको छ।नेपाल को शासन सयन्त्र बिग्रनुको प्रमुख कारण चाकरि र चाप्लुसी बाट ग्रसित हुनु हो।
प्रेस संगठन कर्णाली प्रदेश सदस्य,
