Simta
Simta
lekbesi

कपिल शर्मा शो टेलिभिजन बन्द ,,

Gurvakot

चैत २९, मुम्बई – कमेडियन शो कपिल शर्मा शो बन्द हुने भयको छ ,,लामो समयदेखि विवादमा रहेको कपिल शर्माको ‘फेमिली टाइम विथ कपिल शर्मा’ नामक टेलिभिजन शो सधैंका लागि बन्द हुने भएको छ । यो कुराले कपिल का सबै फ्यान हरुलाई दुखि तुल्यायको छ। भारतीय समाचार एजेन्सीले उल्लेख गरेअनुसार सोनी च्यानलले ३ एपिसोड प्रसारण गरेपछि कपिलको शो बन्द गर्ने निर्णय गरेको हो । ‘कपिलको अब्यवसायिक रवैयाको कारण च्यानलले कार्यक्रम बन्द गर्ने निर्णय गरेको’ भारतका बिभिन्न मिडियाले उल्लेख गरेका छन् ।

यो निर्णय हुँदा कपिलको फोन बन्द थियो । च्यानलका कर्मचारी कपिललाई भेट्न घरसम्म पुगे, त्यति गर्दा पनि सम्पर्क हुन सकेन । कपिलले धोका दिएकै कारण च्यानलले स्पोन्सरको पैसा फिर्ता गर्दै कार्यक्रम बन्द गर्ने निर्णय गरेको जनाएको छ ।यसअघि कपिलले एडिटर आफ्नी पुरानी प्रेमिका प्रीति सिमोस एवं उनकी बहिनी निजी सिमोसको बिरुद्ध २५ लाख मागेको आरोप लगाएका थिए ।

 कपिल  डिप्रेसनमा

lekbesi

केही मिडियाले अहिले कपिल डिप्रेसनको सिकार भएको उल्लेख गरेका छन् । सोही कारण उनी सुटिङको समयमा सेटमा समेत गएका थिएनन् । कपिलकी पूर्वप्रेमिका प्रीति सिमोसले कपिल मानिसक रुपले विक्षिप्त रहेको टिप्पणी गरेकी थिइन् । उनलाई सीजीफ्रेनिया भएको अनुमान गरिएको छ । उनी बेला बेलामा आत्महत्या गर्ने कुरा गरिरहन्छन् ।

कपिलका एक मित्र राजीव ढीगराले एक अंग्रेजी वेभसाइटसँग कुरा गर्दै कपिल पूर्वप्रेमिका प्रीति सिमोसले कपिलसँग बदला लिन चाहेको उल्लेख गरेका छन् । प्रीतिले गिन्नी चतरथसँग विवाह गर्ने पक्का भएपछि । प्रीती कपिलको बिरुद्ध लागेकी थिइन् ।

राजीवले प्रीतिलाई यो पनि आरोप लगाएका छन् कि प्रीतिले हर समय कपिलको कमजोरीको फाइदा लिइरहिन् । ‘कपिल इमोस्नल छन्, प्रीति उनको जीवनमा जबर्जस्ती आएकी थिइन् ।’ प्रीतीले कपिललाई फिल्म इण्डष्ट्रीबाट निकाल्न सक्ने भनेर धम्कि दिने गरेको पनि राजीवले बताएका छन् ।

कपिल निर्देशक हुन् । उनले कपिललाई लिएर फिरंगी बनाएका थिए । मार्च २०१७ सम्म प्रीति सिमोस कपिलको प्रोडक्सन हाउस के नाइनमा क्रिएटिभ डाइरेक्टर थिइन् । जब सुनिलको कपिलसँग झगडा भयो प्रीति पनि कपिलसँग अलग भइन् । कपिल र प्रीतिको अफेयरबारे मिडियामा आइनै रहन्थ्यो । तर, कपिल आफैंले सामाजिक सञ्जालमा प्रीतीलाई ‘गिन्नीको श्रीमती’ भनेर टिप्पणी गरेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो ।

Simta