Gold

विप्लवको नाम लियर दुई करोड माग्ने तरुण दलका ४ जना महाधिवेशन प्रतिनिधि पक्राउ ,,

Naumule Migrate

२९ चैत, काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेपालि कांग्रेसका भातृ संगठन तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।ब्यूरोका अनुसार पक्राउ परेका चेतबहादुर मुख्य योजनाकार हुन् । वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरी गोरखा सुलीकोट घर भई काठमाडौंको नयाँ बजारमा बसोबास गर्ने जग्गा व्यवसायीलाई धम्की दिएका थिए । उनीहरुले रकम नदिएमा घर बमले उडाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए ।उनीहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

Naumule Badhipahiro