लिपुलेखमा सडक बन्दैछ भन्ने मलाई थाहा थिएन प्रधानमन्त्री ,

भारतको नियत ठिक छैन ,

वैशाख ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।

संसदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतले कालापानी लिपुलेखमा सडक बनाउदै छ भन्ने सुचना सरकारलाई पहिलेनै जानकारी रहेको बताएका थिए ।

भारतले १५ वर्ष पहिलेबाट कालापानीमा सडक निर्माण गर्दै गरेको समेत संसदमा कुरा उठिरहने गरेको छ ।

तर प्रधानमन्त्री ओलीले भने यो विषयमा आफुलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए ।

ज्ञवालीले सांसद र समितिमा भएका छलफल र अडानको बारेमा पनि बैठकमा जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले करिब आधा घण्टा आफ्ना भनाईहरु राखेका थिए ।

ओलीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए । तर कालापानी क्षेत्रमा सीमाको समस्या भने पुरानो भएको उनले बताए ।

कालापानी सिमानामा वि। सं। २०५५-०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका छन् ।

तेस्तै कालापानी लिपुलेखमा भारतले सडक बनाएर उद्घाटन गर्दा समेत आफुलाई कसैले जानकारी नगर्नु दुखद रहेको प्रधानमन्त्री ओलीले बताए ।

उनले आगाडी भने ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्।

सिमासुरक्षा सम्बन्धि नेपालिले भारतलाई पटक पटक कुरा उठाएको छ र सावधान पनि गराएको हो ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो ।

उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान छ भारतको नियत ठिक छैन । अहिले नेपालमा चौतर्फी विरोध गर्ने ,पुत्ला जलाउने गर्दैमा सिमा समाधान हुन्दैन ।

सिमाविवादको लागि कूटनीतिक समाधान खोज्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए । तेस्तै ओलीले सांसदलाई सिमाविवाद बारे जताभावी मनपरी नबोल्न पनि आग्रह गरेका छन् ।