मलाई फिल्ममा खेलाउनु जंगली राँगो सधाउनु बराबर हो हास्य कलाकार मनोज गजुरेल ,,
वैशाख ४, -रंगमञ्चमा हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि सिनेमा मा अभिनय गर्ने भयका छन् । रामशरण बस्नेत निर्देशित फिल्म ‘सय कडा १०’ बाट उनी ठूलो पर्दामा पोखिँदैछन् ।हिजो सोमबार देखि सो फिल्मको पहिलो दिनको सुटिङ थियो । देश तथा विदेशका सयौं स्टेज प्रस्तुति दिइसकेका विख्यात कलाकारले पहिलोपटक फिल्मको क्यामरा फेस गर्दा नौलो अनुभव गरे । उनको पहिलो सिन ६ टेकमा ओके भयो ।
रंगमञ्च र चलचित्रको बीच अनुभव गरेको भिन्नता उल्लेख गर्दै गजुरेलले भने, ‘रंगमञ्चका ठूल्ठूला स्टेजलाई आफ्नै साम्राज्य ठानेर उफ्री -उफ्री गर्न बानी परेको मलाई फिल्मको क्यामराको सानो फ्रेमभित्र अटाएर अभिनय गर्नुपर्दा त सकसै पर्यो नी ।’
आफूलाई अभिनय गराउन निर्देशकलाई जंगली राँगो सधाउन जत्तिकै गाह्रो पर्न सक्ने उनको अनुमान छ । हिजो गजुरेल को मन्दिरमा आफ्नो छोरोकी कन्यादान गर्ने सिनथियो उनले बाबुको राम्रो भूमिका निर्बाहा गरे ।
आज भोलि फ्लिम सितारे हरुले पारिश्रमिक महंगो लिने गरेका छन्। कम्तिमा २० देखि २५ सम्म मार्केटमा सुनियको खबर हो तर मनोज गजुरेलले भने यो फ्लिममा कति पारिश्रमिक लिय उनले मुख खोल्न चाहेनन् ।
‘