लिपुलेखमा नेपालि झण्डा गाड्न हिडेका ८ युवा पक्राउ ,

जेठ ८ ,दार्चुला – दार्चुलाको लिपुलेखमा नेपालि झण्डा गाड्न हिडेका ८ युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँद छन्।

उनिगरुलई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

lekbesi

कोरोना महामारीको बन्दाबन्दिले एक ठाँउबाट अर्को ठाँउमा जान बन्द रहेकोबेला उनीहरुले लकडाउन उल्लघनगर्दै लुकी छिपी एक बाट अर्को पालिका प्रवेश गरेका थिए।

जसले गर्दा कोरोनाको खतरा बढने सम्भावना र सुरक्षा व्यवस्थाको लागि उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक पदम विष्टले बताए ।