दु:खद खबर कतारमा एक नेपालीलाई मृतुदण्ड दिईयो ,

जेठ ८ ,युएई – कतारमा एक नेपालीलाई मृतुदण्ड दिईएको छ। महोत्तरीको औराही १,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।कतारमा नेपालीलाई मृतुदण्ड दिईएको यो पहिलो घटना हो।

चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।

चौधरीले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो ।

चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ ।

कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ । तेस्तै कतारी नागरिकलाई नेपालीले हत्या गरेको यो पहिलो घटना हो ,पहिलो घटनामानै उनलाई मृतु दिईएको हो।

कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि उनीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेको छैन ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदूरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।

चौधरी २०१५ अगष्ट २७ गते क्लिनिङ कम्पनीमा काम गर्न कतार गएका थिए ।उनलाई केन्द्रिय कारागारमा राखीएको थियो।