surkhet

भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ, प्रचण्ड ,

surkhet

५, बैशाख, चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने तर भने जस्तै गरि ९ गते पार्टी एकता हुन नसक्ने बतायका छन् ।बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख महिना भित्र पार्टी एकता हुन्छ तर ९ गते एकता गर्न नभ्याइने बताएका हुन् ।

Gorkha

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने,। ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ। यसको ९ गतेअघि सम्म सबै बिषयको टुंगो नलाग्न सक्ने देखियो ,तेसैले एकता को कार्य रोकियो। अहिले चुनाव चिन्ह ,सिदान्त र पदका विषयमा टुंगो लागि नस्सकेको पनि बताय । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा ,जनयुद्ध, र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने,र निर्वाचन चिहृन के राख्ने भन्ने विषयमा गम्भीर छलफल भोलि देखि हुने प्रचण्डले स्पस्ट पारे ।

साथै एकताको मोडालिटी के हुने ,भन्ने पनि भोलि बाट दुई पार्टी बीच छलफल हुने प्रचण्डले बताय ।प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।

salyan