बाँके र बर्दियामा गरि थप ५ जना कोरना संक्रमित थपिए संगै संख्या ६०८ पुग्यो ,

जेठ ११ ,काठमान्डौ – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।

बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएको छ।

lekbesi

उनीहरू नारायणपुर भवनपुर माविको क्वारेन्टिनमा बसेकाहरू हुन्।

त्यसैगरी बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी एकजना २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन्।