Gold
Bangad salyan

भारतमा फेला परेकी आशिका सल्लीबजार ६ भलाखर्ककि भएको पुष्टि

साउन ९

Salyan

सल्यान – सल्यान सल्लिबजार घर बताउने युवती भारतको शाेहरतगढ सिद्धार्थनगरमा फेला परेकी छिन।

अन्दाजी  १७ वर्षिया आशीका रावत अहिले भारतकाे शाेहरतगढ सिद्धार्थनगरमा प्रहरीको सम्पर्कमा रहेको जनाएको छ ।

उनलेे घर सल्लिवजार आसपास र बाबुकाे नाम माेहविर रावत भएको प्रहरीसँ आशीकाले जनाएकि छन् ।

सानै उमेरमा हराएकि यी आशीका रावतलाई भारतीय प्रहरीले घर,ठेगाना,बाबू,आमाको पहिचान गरिदिनका लागि नेपाल प्रहरीसँग आग्रह गरेको खबर छ।

यता स्थानीयले भने उनको घर बनगाड वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ पाल्लाे भलाखर्क माेबिर रावत कि छाेरि रहेको बताएका छन। आशिकाकि आमा भने नभएको बताईएको छ।