Gold

जातिय छुवाछुत भेदभाव अपराधीका ठेकेदारलाई कुनै हालमा छोड्दैनौ प्रकाण्ड ,

Naumule Migrate

जेठ १४ ,काठमान्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारीगर्दै आफ्नै राज्य व्यवस्थाको मूल्य र मान्यता संविधान कानुनको खिल्ली उडाउने गरि ३ जनाको ज्यान जाने र ३ जना वेपत्ता हुने गरि नियोजित घटाईएको घटनाप्रति आफ्नो पार्टीले कडा निन्दा र भर्सना गरेको बताएका हुन्।

क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा प्रवेश गरिराखेको नेपाल नेपालि जनताको रास्ट्रिय अन्तरास्ट्रिय स्तरमा सिर निहुराउने बेजती गर्ने भेदभाव जातिय छुवाछुतका ठेकेदार कसैलाई नछोडिने विज्ञप्तिमा लेखिएको छ।

तेस्तै पार्टीले अपराधीको पहिचान गरि यथासिघ्र कारबाही गर्न ,मृतक वेपत्ताको खोजि गरि पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्नपनि सरकारसंग माग गरेको छ।

साथै चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय व्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संस्कृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको प्रकाण्डको भनाइ छ।

सोती हत्याकाण्डका अपराधिहरुलाई कारबाहीको द्यरमा ल्याउन नेपाल सरकार रास्ट्रीय मानवाधिकार आयोग ,समाजसेवी ,बुद्दिजिवि रास्ट्रीय दलित आयोग ,क्रियासिल संघ संगठनसंग आफ्नो पार्टीले जोडदार आवाहन गरेको बताएको छ।

Naumule Badhipahiro