नवराजकि आमाले भनिन हत्यारालाई के कारबाही हुन्छ ,

जेठ १६ ,काठमान्डौ -रुकुम पश्चिम ८ सोतीको घटनामा सरकारले गठन गरेको छानबिन समितिले काम गरिरहेको छ।

घटना छानबिनको लागि गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पांच सदस्सीय समिति जाजरकोट पुगेर अनुसन्धान सुरु गरेको छ।

समिति बिहीबार साँझ घटनास्थल पुगेपनि शुक्रबार बिहानदेखि मात्रै काम सुरु गरेको सहसचिव बस्नेतले जानकारी दिए।

जाजरकोटका ६ जना युवक रुकुम पश्चिम सोतिमा हत्या गरि फालीएको अवस्थामा फेला परेका छन् एक जना अझै वेपत्ता छन्।

समिति नवराज विक लगायत मृतकका घरमा पुगेर पिडितबाट जानकारी लिरहेका छन्। जाजरकोटबाट पिडितको जानकारी लिएपछि समिति पश्चिम रुकुम सोतिमा पुगेर घटनाको वास्तविक पहिचान गर्ने संयोजक जितेन्द्र बस्नेतले जानकारी गरे।

छानबिन समिति नवराज बिकको घरमा पुगेपछि नवाराज्की आमाले मेरो छोराको हत्यारालाई के कारबाही हुन्छ भनेर रुदै भनेकी छिन ।

छोराको मृतुले सोकाकुल बनेको घर गाँउलाई बस्नेतलगायतका अन्य सहभागीले पीडितले न्याय पाउने र दोषीलाई सजाय हुने भन्दै सान्त्वना दिएका छन् ।

घटना अमानवीय ढंगले घटेको भन्दै कारबाहीको माग गर्दै चौतर्फी विरोध भईरहेको छ ,