१२ जना नागरिक लिन भुटानले पठायो जहाज ,

जेठ १६ ,काठमान्डौ – भुटानले नेपालमा रहेका आफ्नो देशका १२ जना नागरिक लिन जहाज पठाएको छ।

शुक्रबार त्रिभुवन विमानस्थलबाट भुटानी नागरिक लगेर ड्रुक एअरलाइन्सको एटिआर जहाज भुटानतर्फा उडेको हो।

ड्रुक एअरलाइन्स नेपाल भुटान नियमित उडान भर्ने गरेको विमान हो। यो भन्दा पहिले पनि भुटानी दुई नागरिक कलाकारलाई लिन भुटानले सो विमान उडान गरेको थियो।

lekbesi

नेपालमा कोरोना सङ्क्रमित बढेसँगै विभिन्न देशले आफ्ना नागरिक उद्धार गरिरहेका छन् ।