बजेटमा एमसीसी घुसेपछि प्रचण्डको आपत्ति ,

जेठ १७ ,काठमान्डौ – अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) लाई बजेटमा राखेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र फेरी विवाद बढेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् ।

बजेटमा छलफलनै नभएको विषय प्रस्तुत भएपछि नेकपाभित्र विवाद भएको हो। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ भेट्न पुगेका थिए, अहिले बिहान ९ बजेदेखि दुवै अध्यक्ष बीच छलफल सुरु भएको छ।

सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो ।

बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ ।

सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।

लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए ।

सरकारले प्रस्तुत गरेको कुल बजेट,- १४ खर्ब ७४ अर्ब ६४ करोड,

चालु – ९ खर्ब ,४८ अर्ब ९४ करोड १४ लाख (४६.४ %)

पूँजीगत- ३ खर्ब ५२ अर्ब ९१ करोड ,(२३ .९ %)

वितिय – १ खर्ब ७२ अर्ब ७६ करोड ,(११ %)

अब आयो श्रोततर्फ

राजस्व – ८ खर्ब ८९ अर्ब ६२ करोड

वैदेशिक अनुदान – ६० अर्ब ५२ करोड ^^^^^^^^

वैदेशिक ऋण – २ खर्ब ९९ अर्ब ५ करोड ,

आन्तरिक ऋण – २ खर्ब २५ अर्ब ,