भारतले कश्मीरमाथि उडाएको ड्रोन पाकिस्तानले खसाल्यो ,

जेठ १७ ,काठमान्डौ – भारतले कश्मिरमाथि उडाएको ड्रोन पाकिस्तानले खालेको छ। भारतले जासुसी गर्नको लागि ड्रोन उडाएको हुनसक्ने पाकिस्तानले बताएको हो।

भारत पाकिस्तान विवादित क्षेत्र हिमाली क्षेत्रको आकाशमा बुधबार ड्रोन उडेको थियो। पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा ड्रोन खसालेको जनाएको छ ।

उक्त क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ । भरतले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ,गत वर्षको अगष्टदेखि भारत र पाकिस्तानबीच यस क्षेत्रमा थप तनाब बढेको छ ।

lekbesi

केहि हप्ता अगाडी मात्र पाकिस्तानले जासुसीको लागि उडाएको भन्दै पाकिस्तानबाट उडेको परेवा भारतले नियन्त्रणमा लिएको थियो।

परेवाको खुट्टामा पहिले औठी बाँधीएको थियो भने परेवा गुलाबी कलरले रंग्याईएको थियो।

उक्त परेवालाई भने छोड्न पाकिस्तानका नागरिकले बताएका थिए। उनीहरुले एक घरबाट परेवा शान्तिको लागि उडाएको बताएका छन्।एजेनसी