कोरोना भाईरसबाट चीन भन्दा भारतमा बढीको मृतु ,
जेठ १८ ,काठमान्डौ – नोवेल कोरोना भाईरस कोभिड १९ बाट चीन भन्दा भारतमा बढीको मृतु भएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १८५ पुगेको छ ।
चीनमा अहिलेसम्म ४ हजार ६३८ को मृत्यु भएको सरकारी तथ्यांक रहेको छ। चीनको हुवेई प्रान्तबाट कोरोना फैलीएको थियो अहिले विश्वमा कोरोनाले महामारारी ल्याएको छ।
तेस्तै भारतमा हाल सम्म १ लाख ८२ हजार कोरोनाबाट संक्रमित छन् भारतमा अहिले सम्म ८६ हजार ९८४ जना निको भएर घर फर्केका छन्।
भारतको महरास्ट्र ,तमिलनाडु ,दिल्ली ,गुजरात ,राजस्थानका विभिन्न सहरमा कोरना संक्रमणबाट नागरिकको मृतु भएको छ।
भारतमा कोरोनाको संक्रमण उच्च बिन्दूमा नपुगेको बताउँदै जुन वा जुलाई महिनामा यसको उच्च दर देखिने समेत वैज्ञानिकले बताएका छन्। भारतमा अहिले चौथो पटक लकडाउन जारि छ।