सल्यान बनगाड कुपिण्डे नगरपालिकामा एकै पटक २५ जनामा देखियो कोरोना संक्रमण ,
जेठ १८ ,काठमान्डौ – सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा पहिलोपटक २५ जनामा कोरोना संक्रमणका बिरामी फेला परेका छन्।
कर्णाली प्रदेश सुर्खेत अस्पताल पशुपन्क्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परिक्षनमा उनीहरुमा संक्रमणको पुस्टि भएको हो।
संक्रमित बनगाड कुपिण्डे नगरपालिका वडान १,२,३,४,६,७ का रहेका छन् ।
उनीहरु ११ वर्ष देखि ६० वर्षको बिचमा रहेको स्वास्थ्य शिक्षा अधिकृत जनस्वास्थ्य शाखा प्रमुख नवराज कडेलले बताए।
संक्रमित सबै भारतबाट आएका र उनीहरुको स्वास्थ्य सामान्य रहेको बताईएको छ।