नेपालमा संविधान संसोधन विधेयक पेश भारतमा हल्ली खल्ली ,

जेठ १८ ,काठमान्डौ – सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेपछि भारतीय मिडियामा हल्लीखल्ली भएको छ ।

भारतीयले अतिक्रमित गरेको नेपालि भुमि कालापानी ,लिपुलेख ,लिम्पियाधुरा सहितको नक्सा हालमात्र नेपालले सार्वजानिक गरेको छ।

उक्त नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिममाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गरेकी हुन् ।

नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि संशोधन प्रस्ताव ल्याइएको उनले बताइन् ।

गत जेठ १४ गते प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव पेस गर्ने तयारी भए पनि सबै तलको सहमति नजुट्दा पेश हुन सकेन।

आज आईतबार संसदमा संविधान संशोधन विधेयक पेश भएपछि भने भारतीय मिडियामा अचानक हल्लीखल्ली देखिएको छ ।

भारतीय मिडियाले यो विषयलाई लिएर नेपाल भारतको सम्बन्ध बिग्रिन सक्ने भन्दै प्रशारण गरेका छन्।

कतितापले टेलिभिजनले कालापानी लिपुलेख ,लिम्पियाधुरा भारतको भएको दाबी गर्दै बेलेको देखिन्छ।

भारतीय टेलिभिजन जी न्युजले नेपाली कांग्रेसको समर्थनपछि ओली नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको जनाएको छ ।