Simta
Simta
lekbesi

भारत छोडेर अभिनेत्री मनिषा कोईराला नेपालमा आईन ,

Gurvakot

जेठ २० ,काठमान्डौ – अभिनेत्री मनिषा कोईराला नेपालमा आएकि छिन। कोइराला स्थलमार्गबाट भैरहव बेलहिया नाकाबाट आफ्नो बुबा आमा संग मंगलबार स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

मनिषा आफ्नो निजिगाडीमा स्वदेश फर्कीएकि हुन्। सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बेलहिया नाकाबाट आएको मनिषा सहित उनका परिवार होटल क्वारेन्टाइनमा बस्ने बताइएको छ । नेपाल सरकारले लिम्पियाधुरासंगको नक्सा जारीगरेपछि मनीषाको ट्वीटलाई लिएर भारतका मिडियाले उनको आलोचना गरेका थिए।

lekbesi

मनिषालाई केहि दिन सम्म सारै तनाब समेत भोग्न पर्यो। मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद ।

अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ । तर यो विषयलाई लिएर भारतीय मिडियाले मनिषालाई चर्को आलोचना गरे र भने खाती भारतकी गाती नेपालकी जुन।

जवाफमा मनिषाले भनेकी थिइन् श्रम बेच्न पाईन्छ स्वाभिमान होईन।मनिषा कोईरालालाई नेपाल र नेपालीले स्वागत गरेका छन् ,मनिषा भारतमा कर्म गरेपनि नेपालि नागरिक हुन् आफ्नो देशको स्वाभिमानको सबैलाई माया हुन्छ।

मनिषा बलिउड चर्चित अभिनेत्री हुन् पछिल्लो समय उनि स्वाथ्यका कारण केहि विश्राम लिएकि थिइन् ,मनिषाले क्यान्सरलाई जितेकी छिन।

Simta