निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा टुङगियो

आघ ८

काठमान्डौ – निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा अब टुंगिएको छ।

छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति गरेका छन्।

श्रीमतीलाई घर सुम्पिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ ।

श्रीमतीसँगको अंशमुद्दा टुंगिएपछि उनी फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् ।

उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् । निर्माता छवि ओझा र उनकि श्रीमती शिल्पा पोख्रेलबिच असहमति पछि उनिहरु अलग बस्दै आएका थिए ।