Gold

निको नहुँदै संक्रमित डिस्चार्ज,

Naumule Migrate

जेठ २३ ,काठमान्डौ – सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ। जसमा कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा राख्न मिल्ने व्यवस्था अनुसार अस्पतालले दिउँसो डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो ।

डिस्चार्ज भएका उनीहरुलाई घर सम्म कसैले पठाउने व्यवस्था नगर्दा भने समस्या परेका छन्। उनीहरु पैदल हिडेर गएका छन् आज दिनभर धनगढीमा पानि परेको छ।

आफ्नो गाउँपालिकाका ४ जना संक्रमितलाई लिन एम्बुलेन्स पठाइएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले बताइन्।

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई ६५ जनाको श्वाव संकलन गरेर धनगढी पठाइएको चन्दले जानकारी गरिन ।

एम्बुलेन्स भोलि धनगढी पुग्छ उनीहरुलाई बैतडी ल्याउने कुरा भएको छ तेसैले आज उनीहरु अस्पतालमा बस्छन अस्पतालमा अकुरा भाको छ उनले भनिन।

एम्बुलेन्स धनगढी पुग्न कम्तीमा १० घण्टा लाग्ने गर्दछ ,एम्बुलेन्स आउन ढिलाई भएपछि साँझ बजारसम्म पुगेर पर्खेका ६ जना संक्रमितलाई पुनः सेती प्रादेशिक अस्पतालमा नै राखिएको छ।

सम्बन्धित स्थानीय तहले एम्बुलेनस पथाउन ढिलाई गरेपछि परिसरबाट हिँडेरै बजारसम्म पुगेका उनीहरुलाई पुन: अस्पतालमा ल्याइएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

Naumule Badhipahiro