पश्चिम रुकुम सोती घटनामा गृह मन्त्रिलाई मन्त्रि बस्नेतको ध्यानआकर्षण ,
जेठ २९ ,काठमाडौं- पश्चिम रुकुमको चौरजहारी सोती ८ मा भएको जातिय हत्याकाण्डको निष्पक्ष अनुसन्धान गरि दोषीलाई तत्काल कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ ।
वन तथा वातावरणमन्त्री पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, भैरवसुन्दर श्रेष्ठ र सत्या पहाडीले ध्यानाकर्षण गराएका हुन्।
गृहमन्त्री थापालाई भेटेरै हत्याकाण्डको शीघ्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने मृतकका परिवारलाई राहत दिनुपर्ने, घाइतेको निःशुल्क र यथाशीघ्र उपचार गर्नुपर्ने माग गरिएको छ ।
साथै, उनीहरुले गृहमन्त्री स्वयं घटनास्थल पुग्नुपर्ने र पीडित परिवारलाई भेट्नुपर्ने समेत माग गरेका छन्।
भेटमा गृहमन्त्री थापाले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराउँदै निष्पक्ष अनुसन्धान हुनेमा विश्वस्त रहन आग्रह गरेका सांसद शर्माले बताए।
गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा अन्तरजातीय विवाहलाई लिएर भएको घटनामा जाजरकोटका नवराज बिकसहित ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् ।